सिरहा । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिनको परीक्षा शुरू भएको २० मिनेटमै प्रश्नपत्र बाहिरिएको छ ।
एसइई परीक्षाको पहिलो दिन अंग्रेजी विषयको प्रश्नपत्र जिल्लाको लहान-१९ सोनमती गाढा, नरहाको जनता बनवाली माध्यमिक विद्यालय बर्छवा, रामदुलारी मावि कल्याणपुरलगायतका परीक्षा केन्द्रबाट बाहिरिएको हो ।
स्थानीयले निजी विद्यालय, केन्द्राध्यक्ष र प्रशासनको मिलेमतोमा प्रश्नपत्र बाहिरिएको आरोप लगाएका छन् ।
जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले यसको छानबिन भइरहेको बताउनुभएको छ ।