रूरूक्षेत्रको ऋषिकेश मन्दिरमा आजदेखि दुई दिने प्रथम शालीग्राम महोत्सव सुरू

वैशाख २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
रूरूक्षेत्रको ऋषिकेश मन्दिरमा आजदेखि दुई दिने प्रथम शालीग्राम महोत्सव सुरू

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रूरूक्षेत्रको ऋषिकेश मन्दिरमा आजदेखि दुई दिने प्रथम शालीग्राम महोत्सव सुरू भएको छ। 

पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रूरूक्षेत्र र स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको आयोजनामा हुन लागेको महोत्सवले कालीगण्डकी क्षेत्रमा मात्र पाइने शालीग्राम र कालीगण्डकी नदीको महत्वलाई प्रचार-प्रसारमा सहयोग पुग्ने विश्वास गरिएको छ।

महोत्सवमा १ हजार ८ शालीग्रामको पुजन, ऋषिकेशवको रथयात्रा, झाँकी र्याली लगायत भजनकिर्तन, कालीगण्डकीमा सन्ध्याकालिन आरती गर्ने कार्यक्रम रहेको छ। महोत्सवकालागि

लुम्बिनी प्रदेश सरकारको १० लाख सहयोग गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.