इटालियन ओपनमा इगा स्वान्तेककाे शानदार सुरूआत

वैशाख २६, २०८२ |खेल ब्युरो
इटालियन ओपनमा इगा स्वान्तेककाे शानदार सुरूआत

काठमाडौं । महिलातर्फ डिफेन्डिङ च्याम्पियन इगा स्वान्तेकले इटालियन ओपनमा शानदार सुरूआत गरेकी छन ।

पोल्याण्डकी तीनपटककी च्याम्पियन स्वान्तेकले इटालीकी वाइल्डकार्ड प्राप्त एलिजाबेटा कोच्चियारेटोलाई ६-१, ६-० ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएकी हुन् । खेल एक घण्टाभन्दा कममा सकिएको थियो ।

इटालीकी छैटौं वरीयता प्राप्त यास्मिन पाओलिनीले न्युजिल्यान्डकी लुलु सनलाई ६-४, ६-३ ले हराउँदै सजिलै दोस्रो चरणमा प्रवेश गरिन् । 

यस्तै जापानकी नाओमी ओशाकाले भने कठिन संघर्षपछि स्विट्जरल्याण्डकी विक्टोरिया गोलुबिकलाई २-६, ७-५, ६-१ ले हराउँदै अर्को चरणमा स्थान बनाइन् । ओशाका स्पेनी खेलाडी पाउला बाडोसाविरुद्ध खेल्ने तय थियो, तर ढाडको चोट दोहोरिएपछि बाडोसा प्रतियोगिताबाट बाहिरिइन् ।