इटालियन ओपनको पहिलो चरणबाटै बाहिरिए नेक्स्टजेन स्टार फोन्सेका

वैशाख २६, २०८२ |खेल ब्युरो
इटालियन ओपनको पहिलो चरणबाटै बाहिरिए नेक्स्टजेन स्टार फोन्सेका

काठमाडौं । ब्राजिलका नेक्स्टजेन स्टार जोआओ फोन्सेका इटालियन ओपनको पहिलो चरणबाटै बाहिरिएका छन ।

गएराति सम्पन्न खेलमा फोन्सेका हंगेरीका फाबियन मरोस्जानसँग सोझो सेटमा पराजित भए ।

पहिलो सेटमा मरोस्जान ६-३ ले विजयी भएका थिए । दोस्रो सेटमा फोन्सेकाले पुनरागमनको प्रयास गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् । मरोस्जानले प्रतिस्पर्धात्मक दोस्रो सेटमा ७-६ को नतिजा हात पार्दै दोस्रो चरणको यात्रा तय गरे । फोन्सेकालाई पराजित गर्न मरोस्जानले केवल १ घण्टा १८ मिनेट लगाएका थिए ।

अर्को खेलमा अर्जेन्टिनाका मरियानो नवोनेले इटालियन खेलाडी फेडेरिको चिनामाथि ६-३, ६-३ को सहज जित निकाल्दै दोस्रो चरणमा स्थान बनाएका छन् । दोस्रो चरणमा उनले विश्व नम्बर एक यानिक सिनरसँग प्रतिस्पर्धा गर्ने छन् ।