विद्यार्थी र शिक्षक नै यार्सागुम्बा टिप्न पाटनतिर, विद्यालय तीन सातादेखि सुनसान

असार ५, २०८१ |सरोज थापा|देव राना
विद्यार्थी र शिक्षक नै यार्सागुम्बा टिप्न पाटनतिर, विद्यालय तीन सातादेखि सुनसान

डोल्पा । विद्यार्थी र शिक्षक यार्सागुम्बा टिप्न पाटनतिर लागेपछि डोल्पाका विद्यालय तीन सातादेखि बन्द भएका छन् । महिना दिनसम्म विद्यालय बन्द हुँदा त्यसको प्रत्यक्ष असर शिक्षण सिकाइमा पर्ने गरे पनि यसको समाधानका लागि पहल भएका छैनन् ।

डोल्पाको ठूली भेरी नगरपालिका ५ को विद्यामन्दिर मावि हिजोआज सुनसान छ । विद्यालयको मूल गेटमै भोटे ताल्चा लगाइएको छ भने कक्षाकोठा पनि बन्द छन् । विद्यामन्दिर मावि मात्र होइन डोल्पाका सबै सामुदायिक विद्यालय यति बेला बन्द छन् । स्थानीय शिक्षक र विद्यार्थीहरू नै यार्सागुम्बा टिप्न पाटनतिर गएपछि विद्यालय पूर्ण रूपमा बन्द भएका हुन् ।

विद्यालय बन्द भएपछि जिल्ला बाहिरका शिक्षकहरू भने बिदा मनाउन घरतिर लागेका छन् । जिल्लाका कुल ११२ विद्यालयमा झन्डै ८ जना ? शिक्षक कार्यरत छन् । मध्ये अधिकांश शिक्षक स्थानीय हुन् । 

डोल्पालीको आम्दानीको मुख्य स्रोत हो यार्चा । यार्चा खोज्न सके वर्षभरिको घर खर्च चल्ने भएकोले पनि गाउँगाउँबाट ससाना बालबालिका र विद्यार्थी पाटनतिर जान्छन् । हिउँदे र दसैँ बिदा कटाएर पठनपाठन गरे पनि महिना दिनसम्म स्कुल नजाँदा पढ्ने बानी बिग्रने र यसअघि पढेको विषयवस्तुसमेत बिर्सने सम्भावना हुन्छ । 

पाटनमा महिना दिन यार्चा खोजेर विद्यार्थीहरू वर्षभरीको पढाइ खर्च टार्ने अपेक्षा राख्दछन् । आम्दानीको बलियो स्रोत यार्चा संकलनमा विद्यार्थीलाई रोक लगाउन व्यवहारिक नहोला तर पठनपाठनको निरन्तरताको उपाय भने खोज्नुपर्ने देखिएको छ ।   


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।

Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement