नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै हिमाली, पहाडी र दुर्गमका विद्यालयमा पुस्तक पुग्यो

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै हिमाली, पहाडी र दुर्गमका विद्यालयमा पुस्तक पुग्यो

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै यस वर्ष हिमाली, पहाडी र दुर्गम जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् ।

जनक शिक्षा सामग्री केन्द्र धनगढीले सुदूरपश्चिम प्रदेशका विकट जिल्लामा किताब बिक्री तथा वितरण सुरु गरेको छ । जनक शिक्षाले बाजुरापछि दार्चुला र बझाङमा पाठ्यपुस्तक वितरण गरिसकेको छ । दार्चुलामा ९१ हजार ४८६ सेट र बझाङमा २६ हजार ५१ सेट पठाइसकेको केन्द्रले जनाएको छ ।

आगामी शैक्षिक सत्र २०८१ का लागि सुदूरपश्चिममा १९ लाख १५ हजार १८५ थान किताब आवश्यक हुने अनुमान गरिएको छ । यसैगरी हिमाली जिल्ला ताप्लेजुङमा आगामी शैक्षिक सत्रका लागि सामुदायिक विद्यालयको पाठ्यपुस्तक पुगेको छ । जनक शिक्षा सामग्री केन्द्रले उपलब्ध गराउने पुस्तक पुस्तक तथा स्टेसनरी व्यवसायीले पुर्‍याएर वितरण सुरु गरेका छन् ।

विद्यालयले सक्रियता देखाए चैत मसान्तसम्ममा हरेक विद्यालयमा पुस्तक पुग्ने पुस्तक तथा स्टेसनरी व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष ज्ञानु मिश्रको दाबी छ ।

उता, म्याग्दीका सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई पुग्ने गरी नयाँ पाठ्यपुस्तक जिल्लामा पुगेको छ । म्याग्दीमा शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्म अध्ययनरत १४ हजार ६७० जना विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक आवश्यक पर्छ । अघिल्ला वर्ष सामुदायिक विद्यालयहरुले पाठ्यपुस्तक अभावका कारण पठन-पाठनमा समस्या हुने गरेको थियो ।

यो पनि...

कता हराए ६४ प्रतिशत विद्यार्थी ?

संसद्‌मा सांसदहरूको चिन्ता- सामुदायिक विद्यालयमा विद्यार्थी किन टिक्दैनन् ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.