थप ३ महिनाका लागि त्रिविको निमित्त उपकुलपतिमा शिवलाल भुसाल नै नियुक्त

माघ १६, २०८० |कान्तिपुर टीभी संवाददाता
थप ३ महिनाका लागि त्रिविको निमित्त उपकुलपतिमा शिवलाल भुसाल नै नियुक्त

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा थप तीन महिनाका लागि प्राध्यपक डा. शिवलाल भुसाललाई नियुक्त गरेको छ । त्रिवि कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले थप तीन महिनाको जिम्मेवारी दिने गरी भुसाललाई निमित्त उपकुलपतिमा नियुक्त गरेका हुन् ।

यसअघि पनि भुसाललाई तीन महिनाका लागि जिम्मेवारी दिइएको थियो । त्यसको अवधि भोली सकिँदै छ । त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद रिक्त छ ।

उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन गरी आवेदन माग गरिसकिएको छ । ४३ जनाले आवेदन दिए पनि प्रक्रिया अघि बढ्न सकेको छैन ।

यो पनि...

विश्वविद्यालयका कुलपति शिक्षामन्त्री रहने व्यवस्थाले राजनीतिक हस्तक्षेप झनै बढ्ने चिन्ता


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.