शिथिल निर्माण क्षेत्रलाई चलायमान बनाउन प्रधानमन्त्रीको चासो

असार २५, २०८३ |सुदिल पोखरेल
शिथिल निर्माण क्षेत्रलाई चलायमान बनाउन प्रधानमन्त्रीको चासो

काठमाडौं । मुलुकमा लामो समयदेखि देखिएको आर्थिक शिथिलता अन्त्यका लागि निजी क्षेत्रका तीन वटा छाता सँगठनका पदाधिकारीसाग छलफल गर्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ । व्यवसायीका अनुसार भेटका क्रममा प्रधानमन्त्रीले शिथिल रहेको निर्माण क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने कुरामा चासो राख्नुभएको छ । यस विषयमा तात्कालिकमात्रै नभई दीर्घकालीन उपायसमेत सुझाव दिन उहााको आग्रह छ । यससँगै भ्रष्टाचार नियन्त्रणमा समेत प्रधानमन्त्री शाहले व्यवसायीसँग सहयोग माग्नुभएको छ ।

निर्माण व्यवसायीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिका कारण यसअघि जिम्मा लिएको रकममा काम गर्न कठिन भएकाले मूल्य समायोजन गरिदिन समेत माग राखेका छन् । साथै आयोजनाको म्याद थप नगरिदिएका कारण पुरानो भुक्तानी रोकिएकाले म्याद थपका लागि समेत उनीहरुले आग्रह गरेका छन् । जसमा प्रधानमन्त्री सकारात्मक रहेको व्यवसायीको दाबी छ ।

साथै खोलाजन्य सामग्रीमा धेरै नियमन हुादा ढुंगा गिट्टी पाउनै गाह्रो भएकाले यसमा समेत सहजीकरण गरिदिन व्यवसायीले माग गरेका छन् । साथै बिकास निर्माणमा तिब्रता दिन र रुग्ण आयोजनाको व्यवस्थापनका बिषयमा समेत निजी क्षेत्र र प्रधानमन्त्रीबीच छलफल भएको छ।

निर्माण व्यवसायीले काम अघि नबढाएका कारण यो आर्थिक वर्ष सकिन एक सातामात्रै बााकी रहादा विकास खर्च ४० प्रतिशतभन्दा बढ्न सकेको छैन । सरकारले खर्च नगरेका कारण आर्थिक शिथिलतामा कुनै सुधार आएको छैन । 


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।