धुलिखेल अस्पतालले सञ्चालनमा ल्यायाे ‘पेल्भिक फ्लोर सेन्टर’

श्रावण १३, २०८३ |नारायण किलम्बू
धुलिखेल अस्पतालले सञ्चालनमा ल्यायाे ‘पेल्भिक फ्लोर सेन्टर’

काठमाडौं । धुलिखेल अस्पतालले नेपालकै पहिलो पेल्भिक फ्लोर सेन्टर सञ्चालनमा ल्याएको छ ।

पेल्भिक फ्लोर विकारहरूले महिला र पुरुष दुवैमा पेल्भिक अंग प्रोल्याप्स, पिसाब र दिसाको असंयम दीर्घकालीन पेल्भिक दुखाइ र यौन दुर्बलतासहित विभिन्न अवस्थाहरू समेट्छन् । यस्ता विरामीको संख्या बढ्दै गएपछि अस्पतालले पेल्भिक फ्लोर सेन्टर सञ्चालनमा ल्याएको हाे । अस्पतालका संस्थापक प्राडा रामकण्ठ माकजु श्रेष्ठले पेल्भिक फ्लोर सेन्टरकाे उद्घाटन गर्नुभयो । 

पेल्भिक फ्लोर सेन्टरले युरोगाइनोकोलोजिस्ट, कोलोरेक्टल सर्जन, युरोलोजिस्ट, फिजियोथेरापिस्ट, विशेषज्ञ चिकित्सकहरु र अन्य सम्बद्ध स्वास्थ्यकर्मीहरूको टोलीलाई एउटै छानामुनि ल्याइएको र जसले प्रमाण-आधारित, बिरामी-केन्द्रित सेवा प्रदान गर्ने सेन्तरका प्रमुख अञ्जना डंगोलले बताउनुभयाे । 

पेल्भिक फ्लोर विकारका लक्षणहरू देखा परेको अवस्थामा उक्त व्यक्तिहरूलाई समयमै मूल्याङ्कन र उपयुक्त उपचारका लागि प्रोत्साहित गर्नुपर्ने र निको हुने दाबी चिकित्सक महर्जनको छ । सीमित जनचेतना, विशेष सेवाको अभाव र अन्धविश्वासका कारणले नेपालका धेरै व्यक्तिहरूलाई समयमै चिकित्सा सेवाबाट वञ्चित भैररहेकोले यसबाट बिरामीलाई धेरै लाभ पुग्ने विश्वास चिकित्सकहरुको छ । 

पेल्भिक फ्लोर सेन्टरको सञ्चालनले धुलिखेल अस्पतालको विशेष स्वास्थ्य सेवाहरू विस्तार गर्ने र महिला र पेल्भिक स्वास्थ्यमा पूरा नभएका आवश्यकताहरूलाई धुलिखेल अस्पतालले पूरा गर्दै स्वास्थ्य सेवालाई गुणस्तरियता दिने प्रतिबद्धता समेत गरेको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।