सर्किट ब्रेकसम्बन्धी नयाँ व्यवस्थाप्रति लगानीकर्ता र विज्ञद्वारा आलोचना

वैशाख ६, २०८३ |सुदिल पोखरेल
सर्किट ब्रेकसम्बन्धी नयाँ व्यवस्थाप्रति लगानीकर्ता र विज्ञद्वारा आलोचना

काठमाडौं । सर्किट ब्रेकसम्बन्धी नयाँ व्यवस्थाप्रति लगानीकर्ता र विज्ञले आलोचना गरेका छन् । 

नयाँ व्यवस्थाका कारण बजारमा साना लगानीकर्ता मर्कामा पर्ने र अहिलेको समयमा यो आवश्यक नरहेको उनीहरुको भनाइ छ । धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीले अहिलेको समयमा धेरै घटबढ हुन दिने गरी बजारमा नयाँ व्यवस्था ल्याउन उचित नहुने धारणा राख्नुहुन्छ । 

बजार घट्दा साना लगानीकर्ताले ठूलो क्षति भोग्नुपर्ने उहाँको तर्क छ । वित्तीय साक्षरताको अभाव रहेकाले अहिले नै यस्तो व्यवस्था गर्न नहुने उहाँले बताउनुभयो । धितोपत्र कारोबारसम्वन्धी विनियमावली धितोपत्र बोर्डले संसोधन गरेपछि नेपाल स्टक एक्सचेन्जले सोमबारदेखि व्यवस्था परिवर्तन गर्न लागेको हो । 

नयाँ व्यवस्थाप्रति विज्ञमात्रै नभइ, लगानीकर्ताले समेत आपत्ति जनाएका छन् । साथै नयाँ व्यवस्था तत्काल सच्याउनुपर्ने उनीहरुको माग छ। नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले धितोपत्र बोर्डले संसोधन गरेको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको बताउनुभयो । 

तर, विज्ञ र लगानीकर्ताको आलोचनामा भने कुनै प्रतिक्रिया जनाउनुभएन । नेप्सेका उच्च अधिकारीहरु भने नयाँ व्यवस्था दीर्घकालमा ‘इन्ट्रा डे’ तथा ‘सर्ट सेल’ जस्ता नयाँ व्यवस्थाका लागि आवश्यक भएकाले यो उचित भएको तर्क गर्छन् ।

सम्बन्धित समाचार :

सेयर बजारमा नयाँ नियम : सर्किट ब्रेक ८ प्रतिशतमा


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।