
चितवन । चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा केएफसीको २५औं आउटलेट सञ्चालनमा आएको छ ।
बुधबार ई-स्टपका अध्यक्ष राजन रायमाझीले विश्वप्रख्यात रेस्टुरेन्ट चेन केएफसीको ‘प्रिमियम’ आउटलेट शुभारम्भ गर्नुभएको हो । त्यस अवसरमा कुरिनटार शाखालाई नेपालकै पहिलो ‘ग्रिन स्टोर’को रूपमा अघि बढाइएको केएफसी सञ्चालक कम्पनी देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत ऋतुराज शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार वातावरण संरक्षण र ऊर्जा दक्षतालाई मुख्य प्राथमिकतामा राखेर यो आउटलेट डिजाइन गरिएको हो । भविष्यमा केएफसीसँगै रहेको ई-स्टप चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङको व्यवस्था मिलाइने तयारी भइरहेको उहाँले बताउनुभयो । जग्गा भाडामा लिइ ५ करोडभन्दा धरै लगानीमा यो आउटलेट निर्माण गरिएको शाहले बताउनुभयो ।
यो शाखामा रहेका १६ जना कर्मचारी सबै महिला छन् । यससँगै केएफसीको चितवनमा दुई वटा शाखा पुगेको छ ।