
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लगानीका लागि अहिले उचित समय रहेको बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रले जेन-जी आन्दोलनका कारण ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्नुहुँदै निजी क्षेत्र फेरि उठ्ने विश्वास व्यक्त गर्नुभयाे । अहिले अर्थतन्त्र सकारात्मक रहेको, मूल्यवृद्धि न्यून रहेको, चालु खाता वचतमा रहेकाले यो समय लगानीका लागि उपयुक्त हो ।
मन्त्री खनालले निजी क्षेत्रको क्षति मुलुकको क्षति हो भन्नेकुरा सबैलाई बुझाउन जरूरी रहेको बताउनु भयो ।