.png&w=1000&height=550)
धनकुटा । धनकुटा नगरपालिकाले स्थानीय पर्यटनलाई व्यावसायिक, दीर्घकालीन र परिणाममुखी बनाउन पर्यटन नीति तथा निर्देशिका बनाउन सुरू गरेको छ ।
स्थानीय उत्पादन, घरेलु उद्यम प्रवर्द्धन र कृषि पर्यटनलाई प्राथमिकतामा राखेको धनकुटा नगरपालिकाले पर्यटनमैत्री वातावरण तयार पार्न सुझाव सङ्कलन गरिरहेको हो । धनकुटा नगरपालिकाले नेपाल पर्यटन बोर्ड दिगो पर्यटन परियोजनासँगको साझेदारीमा स्थानीयस्तरमा रहेका प्राकृतिक सम्पदा, स्थानीय समुदायको सांस्कृतिक तथा सामाजिक पहिचान, स्वामित्व र सहभागिता, पूर्वाधार पहुँच, आतिथि सत्कार, सुरक्षा, गुणस्तर र मापदण्डका विषय समेटेर पर्यटन नीति तथा निर्देशिका तयार पार्न लागेको छ ।
यसका लागि नगरमा क्रियाशील सामाजिक संघ/संस्था, प्राध्यापक, पत्रकार, उद्योगवाणिज्य संघ, यातायात व्यवसायी, आदीबासी जनजाति महासंघका प्रतिनिधि राखेर पर्यटनको दृष्टिकोण, सम्भावना र गन्तव्यको पहिचान, होमस्टे तथा होटल रेष्टराामा अतिथि सत्कार, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रको भूमिका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन तथा पर्यटन सुरक्षा र जोखिम व्यवस्थापनसँग सम्बन्धित विषयमा सुझाव मागेको हो ।
प्राप्त सुझावका आधारमा पर्यटन नीति र निर्देशिका तयार पारी नयाँ कार्याक्रम अघि बढाइने धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले बताउनुभयो ।