चाडपर्वका बेला यात्रुलाई सर्वसुलभ सेवा दिनुपर्नेमा सस्तो टिकट लुकाएर हवाई भाडामा विमान कम्पनीहरूको मनपरी

दोब्बरसम्म असुल्दा पनि नियामक मुकदर्शक
भाद्र १८, २०८२ |सुदिल पोखरेल
चाडपर्वका बेला यात्रुलाई सर्वसुलभ सेवा दिनुपर्नेमा सस्तो टिकट लुकाएर हवाई भाडामा विमान कम्पनीहरूको मनपरी

काठमाडौं । दशैंको चहलपल सुरू भयो । अब तपाई हामी गाउँघर जाने तयारी गर्दैछौं । तर सबैभन्दा बढी यात्रु ओहोरदोहोर गर्ने बेलामै विमान कम्पनीहरू भने सस्तो दरका टिकट बन्द गरेर तपाई हामीलाई महंगो टिकट किन्न बाध्य पार्न थालिसकेका छन् । 

हाम्रो बाध्यताको फाइदा उठाएर महंगो टिकट मात्र नबेच्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन नै दिएको छ । तर टेर्नेवाल कोही छैन । विमानकम्पनीहरूको अगाडी प्राधिकरण निरिह र मुकदर्शक बनिरहेको छ । कसले कारवाही गर्ने ? तपाई हाम्रो बारेमा कसले सोच्ने ?

दशैं तिहार नजिकिएसँगै बिमान कम्पनीहरूको टिकट बुकिङ धमाधम बढ्न थालेको छ । बुकिङ बढेसँगै दशैका टिकटहरू अहिलेको तुलनामा ५० देखि सतप्रतिशतसम्म बिमान कम्पनीहरूले महंगो बनाइसकेका छन् । 

३० देखि ४० प्रतिशत टिकट बिक्री भइसकेको बिमान कम्पनीहरू बताउँछन् । बुकिङको क्षेत्र हेरेर ३० देखि ४० प्रतिशत बुकिङ भइसकेको अवस्था छ । सुरूमा टिकट लिदा सस्तो पाइन्छ भन्ने थाहा हुनेहरूले लिइसकेका छन् । टिकटहरू विभिन्न क्याटागोरीमा बाडिएको हुन्छ । सस्तो टिकट लिनेहरू अहिले धेरे छन् । सस्तो टिकटहरु सकिँदै गएका छन, लास्टमा महंगो टिकट पर्छ ।

तर सस्तो दरको टिकट पाइने कुरा सत्य नभएको ट्राभल एजेन्सीहरूले नै बताउँछन् । बिमान कम्पनीहरूले सस्तो दरका टिकटबिक्री भइरहेको दाबी गरे पनि ट्राभल एजेन्सीहरूका अनुसार सस्तो दरका टिकट नै उपलब्ध छैन ।

दशैं तिहारका समयमा बिमान कम्पनीहरूले ब्लक नै गरेर राखेका छन् । जस्तो दशैको तिहारको ६ हजार ८ सय छ । जुन अहिले ४४ मात्रै छ । बुद्ध एयरले त सस्तो टिकट खुला नै नगरेको आफै स्वीकार गरेको छ । उसको तर्क छ, दशैंमा काठमाडौं बाहिर जाने बढी हुने र आउने कम हुने भएकाले खर्च उठाउन भाडा महंगो बनाएको हो ।

दशैंको फेयर अहिले जस्तो आउदैन, धेर्रै माथि पनि जादैन महंगो चाहि अहिले भन्दा महंगो नै हुन्छ । त्यो बेला आउने यात्रु हुँदैन त्यहि भएर हामीले त्यो बेला सस्तो बनाएको हुन्छ । अब हामीले त्यो बेला तल्लो तिन तहका खोल्दैनौ माथिको तिन तह माग र आपुर्तिमा भर पर्छ ।

नियामक निकाय नागरिक उड्डयन प्राधिकरण बिमान कम्पनीहरूलाई बिमान थपेर भए पनि सामान्य भाडामा नै सेवा दिन निर्देशन दिइरहेका छन् । तर टेर्नेवाला कोही छैन ।

अहिलेको फलाइटले नभ्याएपछि फ्लाइट थपेर भएपनि सेवा दिन भनिसकेका छौ, जसमा बिमान कम्पनीहरू तयार भइसकेका छन् । बेस फेयर हुन्छ त्यो भन्दा तलको लाई लोअर फेयर भन्छौ, ४० प्रतिशत गए भन्नुको अर्थ १ सय माथिल्लाे भाडा हो भने तल्लो तह गयो भनेर बुझ्ने हो ।

चाडबाडका बेला बिमान कम्पनीहरूको कमाई यसैपनि राम्रो भइरहेको हुन्छ । धेरैभन्दा धेरै यात्रु ओहोरदोहोर गर्ने बेलामा झन सस्तो र सर्वशुलभ सेवा दिनुपर्नेमा विमान कम्पनीहरू यात्रुको वाध्यताको फाइदा उठाएर महंगो टिकट मात्र बेचेर ढाड सेकिरहेका छन् । यो छानबिन र कारबाहीको विषय हो ।

दशैं तिहारजस्ता चाडपर्वमा पनि नाफा मात्रै होइन ग्राहकहरूलाई सस्तो र भरपर्दाे सेवा दिन सक्नुपर्छ । कान्तिपुर समाचारका लागि क्यामेरामा बिनोद कोजुका साथ काठमाडौं ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।