कुखुराको अवैध आयातले पोल्ट्री व्यवसाय संकटमा (रिपोर्ट)

माघ ११, २०८० |रमा दाहाल
कुखुराको अवैध आयातले पोल्ट्री व्यवसाय संकटमा (रिपोर्ट)

झापा । बर्डफ्लु संक्रमणको कारण देखाउँदै सरकारले तीन वर्षअघि भारतबाट कुखुरासँगै पोल्ट्री वस्तु आयातमा प्रतिबन्ध लगायो । यो प्रतिबन्धपछि उत्साहित भएका नेपालका व्यवसायीले कुखुरापालन व्यवसायमा लगानी थपे ।

लगानी विस्तारसँगै नेपाललाई कुखुराको मासु र अण्डामा आत्मनिर्भर घोषित गरियो । तर, त्यो उत्साह टिकिरहन सकेन । प्रतिबन्धित भनिए पनि भारतबाट निर्वाधरूपमा कुखुरा आयात भइरहेको छ जसका कारण नेपालको पोल्ट्री व्यवसाय धरापमा परेको छ ।

कुल गार्हस्थ उत्पादनको ४ प्रतिशत हिस्सा ओगट्न सफल पोल्ट्री व्यवसाय धरासायी बन्दा राज्यले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना भएको छ ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।