सातै प्रदेशमा भोलि बजेट प्रस्तुत हुँदै, कृषि-पूर्वाधारलाई प्राथमिकता

जेष्ठ ३१, २०८३ |कान्तिपुर टीभी संवाददाता
सातै प्रदेशमा भोलि बजेट प्रस्तुत हुँदै, कृषि-पूर्वाधारलाई प्राथमिकता

काठमाडौं । सातवटै प्रदेश सरकारहरूले सोमबार आगामी आर्थीक वर्ष २०८३/०८४ का लागि बजेट ल्याउँदै छन्।

प्रदेश सरकारहरुले सीमित स्रोतसाधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई मध्यनजर बजेट ल्याउने दाबी गरेका छन् । प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट तयारी गरेका छन्।

जसअनुसार लुम्बिनी प्रदेशमा सोमबार बेलुका ५ बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्ष २०८३/०८४को बजेट पेस गर्नुहुनेछ। बजेटमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्याय केन्द्रित, तथा हुनेगरी कृषि क्षेत्रको आधुनिकीकरण, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन, युवालक्षित कार्यक्रमसँगै शिक्षा स्वास्थ्य खेलकुद र पूर्वाधार विकास, पुँजीगत खर्चको प्रभावकारिता बढाउने तथा प्रदेश गौरवका आयोजनालाई निरन्तरता दिने र अधुरा तथा बहुवर्षीय आयोजना सम्पन्न गर्नेगरी ३८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।

त्यस्तै मधेश प्रदेश सरकारले अगामी बजेट कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर ल्याउने सोमबार दिउँसो १ बजे बजेट ल्याउने भएको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले कृषिमा आधारित रहको मधेशलाई आत्म निर्भर बनाउने उदेश्यले १७ हजार किसान लाभान्वित हुने गरी दुई बाली धान उत्पादन, केरा खेती,आप खेती र गोलभेडा खेतीलाई प्रवर्द्धन गर्न वजेट बिनियोजन गरिएको बताउनुभएको छ। 

निति तथा कार्यक्रम अनुसार कृषिसँगै स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्र पनि बजेटको प्राथमिकतामा छन्। यसैबीच कोशी प्रदेश सरकारले पनि स्थानिय तह र ग्रामिण तथा हिमाली क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ। पहाड क्षेत्रमा बढ्दो बसाइसराइ रोक्ने योजना यसपटक कोशी प्रदेश सरकारको लक्ष्य रहेको छ। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.