७ अर्बभन्दा बढी अनुदान झापामा, कुन पालिकाले कति रकम हात पार्‍यो ?

असार ५, २०८३ |कान्तिपुर टीभी संवाददाता
७ अर्बभन्दा बढी अनुदान झापामा, कुन पालिकाले कति रकम हात पार्‍यो ?

झापा । झापाका स्थानीय तहलाई सरकारले करिब सवा ७ अर्ब रुपैयाँ छुट्याएको छ ।

विभिन्न अनुदानका शीर्षकमा संघ सरकारले झापाका पालिकाहरूलाई यति रकम छुट्याएको हो । संघबाट सबैभन्दा बढी बजेट मेचीनगर नगरपालिकाले पाएको छ भने सबैभन्दा कम हल्दिबारी गाउँपालिकाको छ । 

हेरौँ झापाका सबै पालिकाले कति बजेट पाए त ?

आर्थिक वर्ष २०८३/८४ को बजेटमा झापाका १५ वटा स्थानीय तहलाई ७ अर्ब २२ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको 'अन्तर-सरकारी वित्तीय हस्तान्तरण' अनुसार संघीय सरकारले समानीकरण, सशर्त, विशेष र समपूरक अनुदानमार्फत उक्त रकम हस्तान्तरण गर्ने भएको हो ।

सबैभन्दा बढी बजेट मेचीनगर नगरपालिकाले पाएको छ । मेचीनगरले कुल ८४ करोड ९४ लाख रुपैयाँ पाएको छ । जसमा समानीकरण अनुदान २४ करोड ७४ लाख र सशर्त अनुदान ५१ करोड ६३ लाख छ । मेचीनगरले विशेष र समपूरक अनुदान भने पाएको छैन ।

यता शिवसताक्षी नगरपालिकाले ६३ करोड १४ लाख पाएको छ । जसमा समानीकरण अनुदान १७ करोड ४४ लाख, सशर्त अनुदान ३८ करोड ७५ लाख र विशेष अनुदान ३ करोड ३० लाख छ। शिवसताक्षीले समपूरक अनुदान पाएको छैन ।

दमक नगरपालिकालाई भने ५८ करोड ९६ लाख विनियोजन गरिएको छ । जसमा १९ करोड २४ लाख समानीकरण अनुदान, ३६ करोड २१ लाख सशर्त अनुदान, १ करोड ८० लाख विशेष अनुदान र ५ करोड ५० लाख समपूरक अनुदान छ ।

बिर्तामोड नगरपालिकाले यसपालि ५७ करोड ९० लाख पाएको छ । जसमध्ये २० करोड ६२ लाख समानीकरण अनुदान, ३१ करोड ३२ लाख सशर्त अनुदान र २ करोड ५९ लाख विशेष अनुदान छ । अर्जुनधारा नगरपालिकाले ५३ करोड १९ लाख अनुदान पाएको छ । 

जसमा १७ करोड २५ लाख समानीकरण अनुदान, २९ करोड ७९ लाख सशर्त अनुदान र ९९ लाख विशेष अनुदान समावेश छ। यस्तै गौरादह नगरपालिकाले ५२ करोड ४ लाख पाउँदा १५ करोड ६४ लाख समानीकरण, ३२ करोड २१ लाख सशर्त र २ करोड ९३ लाख विशेष अनुदान छ। गौरादह, अर्जुनधारा र बिर्तामोड तीनै पालिकाले समपूरक अनुदान पाएका छैनन् ।

भद्रपुर नगरपालिकाले ५० करोड ८५ लाख प्राप्त गरेको छ। जसमा समानीकरण १७ करोड ३५ लाख, सशर्त ३० करोड ३१ लाख र समपूरक अनुदान ३५ लाख छ । भद्रपुरले विशेष अनुदान पाएको छैन । कमल गाउँपालिकाले ४४ करोड ६९ लाख पाएकामा १ करोड ८० लाख विशेष र ४० लाख समपूरक अनुदान सामेल छ ।

कचनकबल गाउँपालिकाले ४२ करोड ७ लाख बजेट पाउँदा ६८ लाख विशेष र ५० लाख समपूरक अनुदान विनियोजन भएको छ । बुद्धशान्ति गाउँपालिकाले ३९ करोड ५१ लाख पाएको छ । जसमा विशेष अनुदानतर्फ १ करोड र समपूरक अनुदानतर्फ ४० लाख विनियोजन गरिएको छ ।

गौरीगन्ज गाउँपालिकाले ३७ करोड १२ लाख पाएकामा विशेष अनुदान शीर्षकमा २ करोड ८५ लाख र समपूरकतर्फ १ करोड ७५ लाख छ । कन्काई नगरपालिकाका लागि ३६ करोड ४० लाख बजेट विनियोजन भएको छ । जसमध्ये विशेष अनुदान शीर्षकमा ९९ लाख छ ।

झापा गाउँपालिकाले ३५ करोड ९५ लाख बजेट पाउँदा विशेष अनुदानतर्फ ९९ लाख र समपूरक अनुदानतर्फ ६० लाख पाएको छ । बाह्रदशी गाउँपालिकाले ३३ करोड ३४ लाख बजेट पाएको छ, जसमा विशेष अनुदानतर्फ १ करोड ४० लाख र समपूरक अनुदानतर्फ २६ लाख छ ।

जिल्लामै सबैभन्दा कम अनुदान पाउने हल्दिबारी गाउँपालिका हो । यसले ३२ करोड ५ लाख बजेट पाएको छ । विशेष अनुदानतर्फ ९७ लाख र समपूरक अनुदानतर्फ ३५ लाख हल्दिबारीले पाएको छ ।

सुजन गाैतमकाे रिपाेर्ट


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.