चन्द्र ढकालले भने- तरलताको समस्या समाधान हुँदै गएको छ

माघ ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
चन्द्र ढकालले भने- तरलताको समस्या समाधान हुँदै गएको छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको विकास गर्नसके नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने धारणा राखेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार ललितपुरमा आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनमा उनले धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएर पनि एसएमई क्षेत्रको विकास राम्रोसँग हुन नसकेकोमा गुनासो गरे । ‘एसएमई जहाँ धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएर पनि यसको विकास राम्रोसँग हुन सकेको छैन । एसएमईको विकासले एलडीसी ग्रेजुएसनमा सहयोग गर्नेछ,’ उनले भने ।

निजी क्षेत्रको जिम्मेवारी सरकार र नीति निर्मातालाई मात्रै दोष दिने नभई आफ्ना तर्फबाट पनि आवश्यक पहल गर्न जरुरी रहेको वरिष्ठ उपाध्यक्ष ढकालको भनाइ छ । उनले वर्तमान सरकार आएपछि बजारमा सकारात्मक रुपमा तरलताको समस्या समाधान हुँदै गइरहेको पनि दाबी गरे ।

लघु, घरेलु, साना तथा मझौला उद्योगको विकास गर्नसके आर्थिक विकासमा टेवा पुग्छ : ढकाल

‘निजी क्षेत्रको जिम्मेवारी सरकार र नीति निर्मातालाई मात्रै दोष दिने र हाम्रो तर्फबाट जिम्मेवारी निभाउन नसके समयमा कार्यान्वयन हुन सक्दैन । वर्तमान सरकार आएपछि बजारमा सकारात्मक हिसाबमा काम भएको छ । तरलता र इन्ट्रेस्ट घट्ने कुराहरु भनौं सरकारको तर्फबाट गर्ने नीतिगत व्यवस्थाको कारणबाट बजारमा सकारात्मक रुपमा काम भइरहेको छ,’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष ढकालले वर्तमान सरकारले निजी क्षेत्रको समस्या समाधानका लागि आवश्यक काम अघि बढाउने कुरामा आफूहरु विश्वस्त रहेको जनाए ।

राजस्व कम उठेकाले मुलुक अफ्ठ्यारो अवस्थामा छ : अर्थमन्त्री पौडेल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.