साम्बाला आजबाट प्रदर्शनमा, दर्शकको उत्साहजनक प्रतिकृया

भाद्र २८, २०८१ |अवतार राई
साम्बाला आजबाट प्रदर्शनमा, दर्शकको उत्साहजनक प्रतिकृया

विभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा सहभागीता जनाएको साम्बाला फिल्म आजबाट नेपालमा प्रदर्शनमा आएको छ । लामो समयपछि निर्देशक मीन भामले तयार पारेको यो फिल्मको सकारात्मक चर्चा चुलिएकाले हलहरुले पनि प्राथमिकताका साथ साम्बालालाई स्थान दिएको छ । खुशीको कुरा त के छ भने यो फिल्म अस्कर अवार्डका लागि समेत छनोट भएको छ ।

पहिलो दिननै काठमाडौंका हलहरुले ७० र उपत्यका बाहिर ४० भन्दा बढी शो पाएको साम्बालाले उत्साहजनक दर्शकको प्रतिकृया पाएको छ । कालो पोथीको सफलताको झण्डै ८ वर्षपछि निर्देशक मीन भावले साम्बाला निर्देशन गर्नुभएको हो । यस फिल्मले समेत दर्शक र शुभचिन्तकको प्रशंसा बटुलेको छ।

चलचित्रमा हिमाली जनजीवन समेटिएको छ । बहुपति प्रथामा केन्द्रीत रहेको यस फिल्ममा एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा प्रस्तुत गरिएको छ । प्रदर्शनरत फिल्मको पहिलो दिन विभिन्न हलहरुमा दर्शकको प्रतिकृया बटुल्न पुगेका कलाकारहरु प्रतिकृयाले उत्साहि छन् ।

साम्बालामा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको मुख्य भूमिका छ । चलचित्रको कथा मीन भाम र अभिनाश विक्रम शाहले संयुक्त रूपमा लेखेका हुन् । मौलिक कथालाई कलात्मक रुपमा दृष्य भाषामा उतार्न सक्ने अव्वल क्षमता राख्ने भाम दर्शकका लागि यो फरक स्वाद हुने दावी गर्नुहुन्छ ।

बर्लिन, लोकार्नो जस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा सहभागिता जनाईसकेको साम्बाला भर्खरै अस्कर अवार्डको लागि छनोट भएको छ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement