थापा मगरको अध्यक्षतामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ कार्यसमिति (नाम र तस्बिरसहित)

फाल्गुन १४, २०७९ |पोषनाथ अधिकारी
थापा मगरको अध्यक्षतामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ कार्यसमिति (नाम र तस्बिरसहित)

धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशन नयाँ कार्यसमितिको चयन गर्दै आइतबार सकिएको छ ।

धादिङबेंसीमा तीन दिनदेखि चलेको महाधिवेशनले ६७ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्दै आइतबार सकिएको हो । अध्यक्षसहितका शीर्ष ३८ पदमा निर्विरोध निर्वाचित भए पनि अन्य २९ पदका लागि मतदान भएको थियो ।

महाधिवेशनबाट रीता थापा मगर निर्विरोध रुपमा अध्यक्षमा निर्वाचित भइन् भने पशुपति शर्मा वरिष्ठ उपाध्यक्ष, रामजी खाँण प्रथम उपाध्यक्ष, राधिका हमाल महिला उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए भने उपाध्यक्ष (खुला) मा कृष्ण रेउले, रमेशराज भट्टराई, खुमन अधिकारी, पूर्णकला बीसी, राजु ढकाल, पुष्कल शर्मा र कुलेन्द्र विश्वकर्मा मतदानबाट निर्वाचित भएका छन् ।

प्रतिष्ठानको महासचिव शिव हमाल, उपमहासचिवमा हरि डाँगी (प्रशासनिक) र शिरीष देवकोटा (सांगठानिक), कोषाध्यक्षमा अमृत अधिकारी निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै महिला सचिवमा जमुना राना पनि निर्विरोध भएकी थिइन् ।

सचिव खुलातर्फ देवी घर्ती, युवराज मगर र महेन्द्र गौतम निर्वाचित भएका छन् । सह-कोषाध्यक्षमा सम्झना लामिछाने र ईश्वरीप्रसाद भुसाल निर्वाचित भए ।

महिला सदस्यतर्फ सम्झना भण्डारी, कला लम्साल, उषा सुवेदी, करिश्मा ढकाल, स्मृति तिमिल्सना, जालुमाया गुरुङ र सुशीला गौतम निर्वाचित भए । खुला सदस्यतर्फ शान्तीश्री परियार, रविन लामिछाने, खेम सेन्चुरी, मनमाया वाइवा, कुमार पुन मगर, रीना थापा मगर, प्रकाश भट्ट, सुजन लम्साल, पुरुषोत्तम भण्डारी, श्रीकृष्ण बम मल्ल, कुमार राना मगर, बालचन्द्र बराल, दिनेश काफ्ले, कुशल बेल्वासे र रेशम निर्दोष निर्वाचित भएका छन् ।

महाधिवेशनबाट निर्वाचितहरुले शपथ लिएपछि उनीहरुलाई स्थानीय कलाकार र लोक-दोहोरीका पारखी समर्थकले बाजागाजासहित धादिङबेंसीमा स्वागत गरेका थिए ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।