राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा गायिका रीता थापामगर निर्विरोध

फाल्गुन १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा गायिका रीता थापामगर निर्विरोध

धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्षमा गायिका रीता थापामगर निर्विरोध निर्वाचित भएकी छन् ।

धादिङको धादिङबेसीमा शनिबार भएको आठौँ राष्ट्रिय महाधिवेशनबाट गायिका थापा निर्विरोध निर्वाचित भएकी हुन् ।

शुक्रबार सुरु भएको महाधिवेशनले शनिबार साँझ अध्यक्षसहित ३७ जनालाई निर्विरोध निर्वाचित गरेको छ । बाँकी पदमा निर्वाचनको तयारी हुँदै छ । केही समयमा नै मतदान सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.