Kantipur Samachar | कान्तिपुर समाचार, २४ साउन २०८२

श्रावण २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २४ साउन २०८२

आजका मुख्य समाचार,

* कैदीबन्दीबीचको झडपमा एकको मृत्युपछि कैलाली कारागारमा दिनभर तनाव/ घटनाको छानबिन गर्न समिति गठन / घाइते ४७ मध्ये तीनको अवस्था गम्भीर ।

* हुलाकी राजमार्गको कमला नदीमा निर्माण सुरु भएको पुल १४ वर्षमा पनि बनेन / निर्माण नसकिँदै ४ वर्षअघि भाँच्चिएपछि आउजाउ गर्न जोखिमपूर्ण डुंगाकै भर ।

* वैदेशिक रोजगारीमा हुने ठगी रोक्न कानुन संशोधनको तयारी / प्रहरीमा उजुरी र न्यायिक निरुपणको जिल्ला अदालतमा हुने गरी वैदेशिक रोजगार ऐन संशोधनको मस्यौदा ।

* रुस-युक्रेन युद्ध रोक्न केही भूभाग साटासाटको सम्भावना रहेको ट्रम्पको भनाइप्रति युक्रेनको आपत्ति/ भूमिबारे कुनै पनि सम्झौता स्वीकार्य नहुने राष्ट्रपति जेलेन्स्कीको अडान ।

* एनपीएल दोस्रो सिजनको मिनी अक्सन जारी / पवन सर्राफ, देव खनाल र अर्जुन साउद अधिकतम १५ लाखमा बिक्री ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.