काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको पूर्ण कार्यान्वयन र संक्रमणकालीन न्याय (टिआरसी)लाई टुंगोमा पुर्याउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भई सक्रिय रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालको पर्यटन क्षेत्रले गत वर्षको तुलनामा प्रगति गरेको पनि बताउनु भयो । उहाँले पर्यटककाे सरदर बसाइँ १३ दिन लम्बिएको बताउनु भयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छन्तुबाट व्यवसायिक उडान सुरू उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओली छिमेकी मुलुकहरूसँगको सम्बन्ध सुमधर बनाउने कार्यलाई समेत सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।