आजका मुख्य समाचार,
* कुलिङ पिरियडमा जिम्मेवार ठहरिएका राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडाको राजीनामा / खतिवडासहित समिति सचिव दुरा, मुख्यसचिव र संसद्का महासचिवमाथिको कारबाहीमा भने बेवास्ता ।
* केन्द्रको हस्तक्षेपपछि मिल्यो बागमती प्रदेशमा कांग्रेसको विवाद / बहादुरसिंह लामा पक्षलाई ३ मन्त्री दिने सहमति / मुख्यमन्त्री इन्द्र बानियाँलाई प्रदेशसभामा विश्वासको मत ।
* सामाजिक सञ्जालमा फोटो-भिडियो अपलोडका लागि कस्मेटिक उपचार गर्ने बढ्दै / छाला र कपालमा विशेषज्ञको सल्लाह लिएर मात्र मेक अप र औषधि प्रयोग गर्न चिकित्सकको सुझाव ।
* युक्रेनको सिमाना जबर्जस्ती परिवर्तन नगर्न रुस र अमेरिकालाई युरोपेली नेताहरुको चेतावनी / रुसी नियन्त्रणलाई मान्यता दिन नहुने नाटो प्रमुखको भनाइ ।
* लोकप्रिय फुटबल प्रतियोगिता इंग्लिस प्रिमियर लिगको प्रत्यक्ष प्रशारण अब कान्तिपुर म्याक्समा / लिगका ३ सय ८० वटै खेल कान्तिपुर म्याक्सका डिजिटल प्ल्याटफर्ममा पनि हेर्न पाइने ।