बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिने छैनः प्रधानमन्त्री ओली

श्रावण २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान गरिने छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनैपनि हालतमा मान्यता प्रदान नगरिने बताउनुभएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक जागरण, सामाजिक न्याय, महिलाका अधिकार लढेर आएका पार्टीहरूको सरकारले बहुविवाहलाई मान्यता दिनेगरी कानून ल्याउन नसक्ने बताउनु भयो । 

यसबारे सरकारलाई नै जानकारी नरहेको भन्दै यो कुनैपनि हालतमा अस्वीकार्य हुने उहाँकाे भनाइ थियाे। प्रधानमन्त्री ओलीले एकताबद्ध भएर देशमा सुशासन र विकासको गतिलाई अघि बढाउन लाग्नुपर्ने बेला रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.