नेपालमा योग्य मान्छेहरूको अभाव भइसक्यो : पूर्वअर्थमन्त्री महत

श्रावण २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालमा योग्य मान्छेहरूको अभाव भइसक्यो : पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेस सांसद डा. प्रकाशशरण महतले नेपालमा योग्य मान्छेहरूको अभाव भएको बताउनुभएको छ ।

बुधबार अर्थ समितिको बैठकमा बोल्दै उहाँले नेपालमा योग्य मान्छेहरूको अभाव भइसकेकाले गम्भीर हुनुपर्ने बेला आएको बताउनुभएको हो । उहाँकाअनुसार विदेशबाट पीआरहरू छाडेर नेपाल जो छोडेर आउछु भन्छन्, त्यस्ता योग्य मान्छेहरूलाई बिना शर्त स्वागत गर्नुपर्छ । 

सबै कुरा जोखिममा राखेर आउ भन्दा योग्यमान्छेहरु जोखिम मोलेर आउन नचाहिरेको उहाँको भनाइ छ । उहाँले सार्वजनिक पद धारण गर्न तीन महीना अघि नै विदेशी पीआर छाडिसक्नुपर्ने व्यवस्था ठिक नभएको बताउनु भयो । 

महतकाअनुसार तीन महीना अघावै नेपालमा पीआर छाडेर आउनेलाई कामको ग्यारेन्टी नेपाल सरकारले गर्न सक्नुपर्छ । काम पनि नभए यत्तिकै मान्छे पीआर छाडेर आउन तयार नहुने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.