Kantipur Samachar | कान्तिपुर समाचार, २५ साउन २०८२

श्रावण २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २५ साउन २०८२

आजका मुख्य समाचार,

* कैलाली कारागारमा कब्जा जमाएका कैदीबन्दीले दिए प्रशासनलाई प्रवेश / प्रशासन र मानवअधिकार आयोगको टोली कैदीबन्दी गणना र घटना अनुगमनका लागि कारागारमा ।

* विपन्नका लागि भनिएको आवास योजनामा दलीय स्वार्थ धेर / सरकार फेरिएपिच्छे नाम परिवर्तन/ मदन भण्डारी आवास योजना फेरि विवादमा / बनेका घरसमेत भत्किने अवस्था।

* बाढीले अवरूद्ध रसुवागढी नाका संचालनमा नआउँदा अर्बौंका सामान महिना दिनदेखि अलपत्र / सरकारले कुनै पहल नगर्दा व्यापार चक्र नै प्रभावित भएको व्यापारीको आरोप ।

* आर्थिक सिथिलताले थलिएको अटो मोबाइल व्यवसायमा क्रमिक सुधार/ साना सवारीसाधनको बिक्रीमा १२ प्रतिशतले बढ्दा राष्ट्र बैंकको नीतिले यात्रु बोक्ने इभीको बिक्री भने प्रभावित ।

* नेपाल एएफसी अन्डर-२० महिला एसियन कप छनोटको समूह चरणबाटै बाहिरियो / अन्तिम खेलमा उत्तर कोरियासँग ११ शून्यको फराकिलो अन्तरले पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.