राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित

श्रावण २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ ।

बुधबार काठमाडौंस्थित एक होटलमा अधिवेशन हुने कार्यक्रम थियो । संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच नाराबाजी हुन थालेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले अधिवेशन स्थगित भएको घोषणा गर्नुभयो । 

अध्यक्ष लिङदेन पनि कार्यक्रममा सहभागी हुन पुग्नुभएको थियो तर अधिवेशन हुने स्थिति नबनेपछि घटनाको छानबिनपछि मात्रै अधिवेशन हुने घोषणा गर्नुभयो । अधिवेशन हुन नदिने र बाहुबल प्रयोग गर्ने प्रयासलाई टुलुटुलु हेरेर नबस्ने उहाँले चेतावनी दिनुभयो ।

अध्यक्ष लिङदेनले युवाहरू पार्टीको उत्तराधिकारी भएकाले सोही आचरणअनुसार काम गर्न पनि निर्देशन दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.