आजका मुख्य समाचार,
* हमासको नियन्त्रणमा रहेका विपिन जोशीको खोजी गर्न आमा र बहिनी इजरायलमा / सकेसम्म सँगै ल्याउने आशा / सरकारले पर्याप्त सहयोग नगरेको गुनासो ।
* रास्वपाका सभापति लामिछानेद्वारा बिगो बुझाएर रिहा हुनुपर्ने माग रुपन्देही जिल्ला अदालतद्वारा अस्वीकार / सहकारी ठगी मुद्दामा थुनामै राखेर पुर्पक्ष गर्न आदेश ।
* कुलिङ पिरियडमा राज्य व्यवस्था समितिका सभापति खतिवडाको देखिएन नैतिकता / सत्तारुढ दलको मुख ताक्दै सभामुख / समितिको बैठक बस्न नसक्दा विधेयक अलपत्र ।
* इजरायली आक्रमणमा ६ पत्रकार मारिएको घटनाको राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समुदायद्वारा भर्त्सना / घटनाको स्वतन्त्र छानबिन गर्न माग ।
* एन्फा अन्डर सिक्सटिन लिगमा नेपाल पुलिस क्लब ३४ अंकसहित शीर्षस्थानमा / समिर कुमारको सर्वाधिक २० गोल / लिग आधा सकियो ।