Kantipur Samachar | कान्तिपुर समाचार, १२ साउन २०८२

श्रावण १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १२ साउन २०८२

आजका मुख्य समाचार,

* सिन्धुलीको गोलन्जोरमा हायु परिवारका १६ जना चार दिनदेखि सम्पर्कविहीन / अकस्मात घर छाडेर हिँडेको छिमेकीले समेत पत्तो पाएनन् / प्रहरी र जनप्रतिनिधि खोजीमा सक्रिय ।

* नागरिकमा तिक्तता र अविश्वास बढीरहेका बेला अधिकांश दल आन्तरिक विवादमा / नेताहरु सत्ता र शक्ति केन्द्रित हुँदा सुशासनमा बेवास्ता / विभाजनसम्मको टिप्पणीले संक्रमणकालको जोखिम ।

* निर्यातको तथ्यांक सकारात्मक भए पनि अर्थतन्त्र वृद्धिमा सहयोग नपुग्ने टिप्पणी / स्वदेशी कच्चा पदार्थभन्दा आयात व्यापारमा केन्द्रित हुँदा उद्योग प्रवर्द्धन र रोजगारी सिर्जना हुन सकेन ।

* अमेरिकी राष्ट्रपति ट्रम्पको दबाबपछि थाईल्यान्ड र कम्बोडियाबीच युद्धविराम सहमति / आजै मध्यरातदेखि लागू हुने / कार्यान्वयनका लागि दुवै देशका संयन्त्र बनाइने ।

* टेबल टेनिसको विश्वकप छनोट नेपालमा हुँदै / नेपालका ८ सहित दक्षिण एसियाका ५८ खेलाडीले प्रतिस्पर्धा गर्ने / उत्कृष्ट प्रदर्शन गर्दै छनोट हुने नेपालको लक्ष्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.