मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई संसदीय दलको नेताबाट हटाउन राखिएको अविश्वासको प्रस्ताव पारित भएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा आज गरिएको मतविभाजनमा लामाविरुद्ध राखिएको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको हो ।
लामाको पक्षमा १५ मत रहॅंदा विपक्षमा २२ मत रह्यो । योसँगै लामा संसदीय दलको नेताबाट पदमुक्त हुनुभएको छ । लामा पदमुक्त भएसँगै नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्ने छ ।
लामालाई पदबाट हटाउन २१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आइतबार नेपाली कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव पेश भएको गरिएको थियो ।
केन्द्रीय प्रतिनिधि राजन केसीको उपस्थितिमा मत विभाजनमार्फत् आज अविश्वासको प्रस्ताव पारित भएको हो ।