Kantipur Samachar | कान्तिपुर समाचार, ११ साउन २०८२

श्रावण ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ११ साउन २०८२

आजका मुख्य समाचार,

* भूमिगत पानीको स्रोत सुकिरहेका बेला उल्टै अनुदान नै दिएर डिप ट्युबवेलको प्रयोग बढाउन सरकारी अध्ययन टोलीको सुझाव/ अझै ४ दिन पानी नपरेमात्र किसानलाई राहत दिन राय ।

* अख्तियार प्रमुख राईलाई महाभियोग लगाउनुपर्ने राष्ट्रिय सभा सदस्यको माग/ स्वार्थ बाझिने गरि अख्तियारमा पूर्वप्रशासकको नियुक्तिले अनुसन्धान र अभियोजनको निस्पक्षतामै प्रश्न/ संवैधानिक निकायमा पूर्वप्रशासकको सिन्डिकेट ।

* भूमि विधेयक नै अनावश्यक भएको संसदीय समितिका अधिकांश सदस्यको भनाइ/ सरकारी जग्गा ओगटेर बसेका भूमाफियालाई जमिन दिने प्रपन्च भएको आरोप ।

* इजरायलद्वारा गाजाका तीन क्षेत्रमा दैनिक १० घण्टासम्म कारबाही रोक्ने घोषणा/बिहान १० देखि साँझ ८ बजेसम्म अस्थायी विराम/ सहायता सामग्री गाजा पुर्याइन थाले ।

* विश्वविजेता स्पेन र साबिक विजेता इंग्ल्यान्ड महिला युरो कप २०२५ को फाइनलमा भिड्दै/ पहिलोपटक युरो कप जित्दै लगातार ३ अन्तर्राष्ट्रिय उपाधि जित्ने होडमा स्पेन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.