Kantipur Samachar | कान्तिपुर समाचार, १० साउन २०८२

श्रावण १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १० साउन २०८२

आजका मुख्य समाचार,

* तराई-मधेशको खडेरीले राष्ट्रिय अर्थतन्त्रमै धक्का पुग्ने / कम्तिमा डेढ खर्बको क्षति हुने आँकलन / सुक्खा प्रभावित क्षेत्रका लागि राहत प्याकेज घोषणा गर्ने गृहमन्त्रीको आश्वासन ।

* विद्यालय शिक्षामा बर्सेनि १ खर्ब ७० अर्बभन्दा बढी लगानी भए पनि सामुदायिक विद्यालयप्रति अभिभावकको अविश्वास बढ्दै / व्यवस्थापकीय कमजोरी मुख्य समस्या ।

* शिथिल अर्थतन्त्र र नियन्त्रणमुखी सरकारी नीतिले नेपाली विज्ञापन बजार बर्सेनि खुम्चिँदै/ चार वर्षदेखि २० अर्ब रुपैयाँमा सीमित / विज्ञापनसँग जोडिएका उद्योग व्यवसाय धराशायी अवस्थामा ।

* थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा तेस्रो दिन पनि झडप / मृत्यु हुनेहरुको संख्या ३० पुग्यो / युद्धविराम गराउन मलेसियाको प्रयास जारी ।

* नेपाल प्रिमियर लिग-एनपीएलको दोस्रो संस्करणका लागि खेलाडी मिनी अक्सन साउन २४ गते / कुल ४ सय ५८ नेपाली खेलाडीको नाम दर्ता ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.