एक वर्षभित्रै १२१ वटा कानुन बनाउने लक्ष्य : मन्त्री चौरसिया

श्रावण १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
एक वर्षभित्रै १२१ वटा कानुन बनाउने लक्ष्य : मन्त्री चौरसिया

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा १२१ वटा कानुन बनाउने लक्ष्य राखेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले एक वर्षभित्रै १२१ वटा कानुन बनाउने लक्ष्य सरकारको भएको बताउनुभयो ।

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसे‍को बैठकमा मन्त्री चौरसियाले सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, अन्तर्राष्ट्रिय सन्धी सम्झौताले सिर्जित गरेका दायित्व समेतका आधारमा नयाँ कानुन बनाउन लागिएको बताउनुभयो । 

उहाँले मन्त्रालयहरूसँगको छलफलका आधारमा चालु आर्थिक वर्षमा संघीय संसद्‌मा पेश गरिने १२१ वटा विधेयकको प्राथमिकता निर्धारण गरी त्यसको सूची पेश गर्ने जानकारी दिनुभयो । कानुन निर्माणका कामलाई सम्बन्धित मन्त्रालयले प्राथमिकताका आधारमा बनाएका विधेयकको पहिचान गरेर कानुन बनाउने कामलाई तीव्रता दिइने पनि उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.