Kantipur Samachar | कान्तिपुर समाचार, ९ साउन २०८२

श्रावण ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ९ साउन २०८२

आजका मुख्य समाचार,

* कांग्रेस र एमालेमा किचलो बढ्दै/ बागमतीमा मुख्यमन्त्री हटाउन कांग्रेसका चार मन्त्रीले दिए राजीनामा/ पार्टी निर्णयविपरीत विद्या भण्डारीको अडानले एमालेमा थप तनाव ।

* सहमतिमा पास भएको संवैधानिक परिषद् विधेयक रोक्न काँग्रेसका नेता सक्रिय / निजामती विधेयकमा सहमतिविपरीत एमालेको संशोधन / दुई दलको दोहोरो चरित्र ।

* स्वास्थ्य बीमामा फेरिएको नीतिप्रति पनि जनतामा भएन विश्वास / सेवा लिनै असहज भएपछि बीमा नवीकरण गर्नेहरु घट्दै / नीतिगत हेरफेर भन्दा सेवा प्रभावकारी बनाउनुपर्ने ।

* प्यालेष्टाइनलाई राज्यको औपचारिक मान्यता दिने फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको घोषणा / आत‌ंकलाई पुरस्कृत गरिएको इजरायली प्रधानमन्त्री नेतन्याहुको टिप्पणी ।

* एन्फा यू-१६ युथ लिगमा त्रिभुवन आर्मीले सातदोबाटो युथ क्लबलाई ३-१ ले हरायो / मनाङ मर्स्याङ्दीसँग हिमालयन शेर्पा ४-२ ले पराजित / पुलिसको अपराजित यात्रा कायमै ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.