आजका मुख्य समाचार,
* खेल क्षेत्रमा थप विवाद र द्वन्द्व निम्त्याउने प्रावधान समेट्दै खेलकुदसम्बन्धी विधेयक संसद्मा दर्ता/ राखेप र ओलम्पिक कमिटीमाथि हस्तक्षेप गर्ने दाउ/ खेल पदाधिकारीको आपत्ति ।
* सुक्खाग्रस्त क्षेत्र घोषणाको २ साता नाघ्दा पनि मधेश प्रदेशका लागि अझै आएन कुनै कार्यक्रम/ पानीको चरम अभाव सम्बोधनमा पनि छैन योजना/ घोषणामा सीमित नरहन संसदको खबरदारी ।
* वाइडबडी विमान खरिद प्रकरणको अनुसन्धान र अभियोजनको निष्पक्षतामाथि विशेष अदालतको प्रश्न/ अख्तियार प्रमुख राईमाथि पदमा रहन नैतिक संकट/ राईविरुद्ध अभियोग नलगाउनु न्यायिक समानताको सिद्धान्तविपरित ।
* थाइल्यान्ड र कम्बोडियाका सेनाबीच विवादित सीमा क्षेत्रमा झडप चर्कंदा १२ सर्वसाधारणको मृत्यु, ३५ घाइते/ सीमा क्षेत्रका बन्द गर्न थाइ सरकारको निर्देशन ।
* रुसको सुदूरपूर्वी क्षेत्रमा करिब ५० जना सवार विमान दुर्घटना / जलिरहेको मुख्य भाग घना जंगलमा खसेको भेटियो ।