काठमाडौं । संसदीय समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अवलोकन र अनुगमन गर्ने भएको छ ।
आइतबार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा यसबारे जानकारी गराइएको हो । समितिले सोमबार दिउँसो २ बजे निर्माणाधीन क्रिकेट मैदानको अनुगमन गर्ने समिति सभापति ठाकुरप्रसाद गैरेले बताउनुभयो ।
अहिले मैदान स्तरोन्नतिसहित प्यारापिट, फ्लडलाइट जडानको काम भइरहेको छ । समयमै काम नसकेपछि अहिले निर्माण कम्पनीलाई हर्जाना तिराएर काम भइरहेको छ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग- एनपीएल फ्लडलाइटमा ओपन प्यारापिटसहित आयोजना गर्ने क्यानको तयारी छ ।