आजका मुख्य समाचार,
* सुक्खाग्रस्त मधेश प्रदेशमा विपद् संकट घोषणा / अधिकांश बस्तीमा पानी अभाव / खानेपानी र सिँचाइका लागि तत्काल काम थाल्ने प्रधानमन्त्री ओलीको घोषणा ।
* नक्कली औषधि बनाएर अनलाइनमार्फत् बिक्रीवितरण हुने गरेको खुलासा / जनशक्ति अभावमा औषधि व्यवस्था विभागको अनुगमन सुस्त / बिरामीको स्वास्थ्यमा खेलवाड ।
* संसद्को प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीको घोचपेच र व्यङ्ग्य/ आलोचनालाई ठाउँ नभएको जवाफ / शान्ति प्रक्रिया प्राथमिकतामा रहेको स्पष्टोक्ति ।
* गाजामा व्यापक भोकमरी फैलिरहेको एक सयभन्दा बढी अन्तर्राष्ट्रिय संस्थाको भनाइ / प्रवेश गरिसकेका खाद्य सामग्री वितरणमा समेत इजरायलले बाधा पुर्याएको आरोप ।
* हेल्प नेपाल क्लबले जित्यो काभा च्याम्पियन्स लिगमा कास्य पदक / तेस्रो स्थानको खेलमा श्रीलंका पोर्ट्समाथि ३-१ सेटको जित ।