८३ वर्षीय कवि अधिकारीको किताव विमोचन

श्रावण ९, २०८२ |पोषनाथ अधिकारी
८३ वर्षीय कवि अधिकारीको किताव विमोचन

धादिङ । धादिङमा ८३ बर्षीय कवि नन्दप्रसाद अधिकारीको नन्दानुभुती कविता संग्रहको बिमोचन भएको छ ।

धादिङको नेवारपानीमा जन्मनु भएका अधिकारीले जिवनका भोगाइ समेटेर लेखिएको कविता संग्रहको उहाको निजि निवासमा नीलकण्ठ ७ तल्लोबेसीमा जिल्लाका साहित्य अनुरागीको उपस्थितिमा बिमोचन गरिएको हो ।

५४ वटा कविता संग्रहीत कविता संग्रहका अधिकाम्स कविताले नन्दप्रसादको बाल्यकाल बितेको नेवारपानी, र बाल्यकालको अनुभुती समेटिएको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।