काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ ।
बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा जारी बैठकमा समसायिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।
समसमायिक राजनीतिक विषय तथा गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा विवादमा परेपछि देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे पनि बैठकमा छलफल हुनेछ । पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले सो विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ। क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ।
साथै बैठकमा भूमि विधेयक, निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड सम्वन्धी व्यवस्थामा भएको गडबडी लगायत विषयमा छलफल हुनेछ ।