प्रधानमन्त्री ओली महोत्तरी र बारा जाँदै

श्रावण ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओली महोत्तरी र बारा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

महोत्तरीमै प्रधानमन्त्री ओलीले जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई पनि उहाँले सम्बोधन गर्नुहुनेछ । उहाँ आजै काठमाडौं फर्कनु हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.