Kantipur Samachar | कान्तिपुर समाचार, ४ साउन २०८२

श्रावण ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ४ साउन २०८२

आजका मुख्य समाचार,

* कोशी र गण्डकीमा निरन्तर वर्षा / पहिरोमा परि पर्वत र रोल्पामा ३ जनाको मृत्यु / राजमार्गहरू ठाउँ-ठाउँमा अवरुद्ध / सतर्क रहन मौसम विभागको आग्रह ।

* प्रधानमन्त्री ओलीको बहुप्रतिक्षित भारत भ्रमण तय / भदौ अन्तिम साता भारत जाने निश्चित / भ्रमणको एजेन्डा तय गर्न परराष्ट्र मन्त्रालयले थाल्यो गृहकार्य ।

* पार्टीमा विवाद चर्कदै गएपछि प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी आमनेसामने / वार्ता सकारात्मक भएको दुवै पक्षको भनाइ / केन्द्रिय समितिले अन्तिम निर्णय गर्ने ।

* मधेश प्रदेशमा विपन्न आवास कार्यक्रममा व्यापक हिनामिना / निलम्बित प्रमुखको नाममा खाता सञ्चालनदेखि सचिवका आफन्तलाई ठेक्का / कमिसन लिएर हुनेखानेलाई घर ।

* साफ अन्डर ट्वेन्टी महिला च्याम्पियनसिपको रणनीतिक तयारीमा नेपाल / उपाधि जित्न शीर्ष स्थानको बंगलादेशलाई हराउने लक्ष्य / पूर्णिमा र मिना उत्कृष्ट फर्ममा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.