भक्तपुर । भक्तपुरको सांस्कृतिक नगरी मध्यपुर थिमिमा १२ बर्ष पछि नगदेश भैल प्याखं संचालनमा आउने भएको छ । नगदेश भैल प्याखंका लागि गएरातिबाट प्रशिक्षण शुरू भएको छ ।
विशेषगरी १२ वर्षपछि पुनः सञ्चालनमा आउन लागेको नगदेश भैल प्याखं गाईजात्रको भोलिपल्टदेखि नगरको विभिन्न टोलमा ४ दिन सम्म प्रदर्शन गरिन्छ । बिगतमा दुई समूह खलः विच विवाद हुदा नगदेश भैल प्याखः रोकिएको हुँदा यस बर्षबाट नयाँ श्री नगदेश एतिहासिक सास्कृतिक भैल पुच गठन गरि नाँच देखाउन लागिएको भैल प्याखः गरू कृष्ण भक्त घजुले बताउनुभयो ।
यो परम्परागत तान्त्रिक नाँच विशेष सांस्कृतिक, धार्मिक तथा तान्त्रिक महत्व बोकेको मानिन्छ। नाचका लागि कलाकारहरूलाई विशेष तान्त्रिक विधिअनुसार प्रशिक्षण दिइने गरिन्छ । मध्यपुर थिमि नगरपालिकाले नगरको स संस्कृति संरक्षण गर्न प्रत्यक नाचका लागि ४/४ लाख रूपैयाँ बजेट दिईदै आएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
मध्यपुर थिमिमा एकैसाथ दुई स्थानमा भैरव नाचको तयारी सुरु भएसँगै स्थानीय संस्कृतिप्रेमीहरू उत्साहित भएका छन्। १२ वर्षपछि नगदेश भैलःको पुनरागमनले लोप हुन लागेको संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।