प्रदेश विशेषमा आज,
* रणजोर खोलाको बाढीले खेत बगाएका रामेछापको मन्थलीका पीडितको बिचल्ली / जोखिममा परेका बस्ती सरकार गुहार्दै ।
* इलाममा माई र जोगमाई खोलाको मुहान क्षेत्र जोगाउन संरक्षण अभियान / खुला पशुचरनमा रोक लगाइयो ।
* हुलाकी राजमार्गको विराटनगर हाटखोला–रामचोक ६ किलोमिटर सडक अलपत्र / सर्वसाधारणलाई सास्ती ।
* कञ्चनपुरको कृष्णपुरमा घरदैलोमै पुगेर स्वास्थ्य सेवा / गत आर्थिक वर्षमा मात्रै ३२ हजारभन्दा बढी लाभान्वित।