आजका मुख्य समाचार,
* पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा फर्कने ढोका बन्द गरिँदै / पूर्वराष्ट्रपति र उपराष्ट्रपति पार्टी राजनीतिमा आउन नहुने अधिकांशको सुझाव / आफू अघि बढिसकेको भण्डारीको भनाइ ।
* कुलिङ अफ पिरियड विवादले सत्ता गठबन्धनमा तिक्तता / एमालेले संशोधन फिर्ता नलिए दरार आउन सक्ने कांग्रेसको चेतावनी / संसदीय प्रक्रियामाथि प्रश्न नउठाउन एमालेको आग्रह ।
* महिला श्रमिकलाई खाडी मुलुक जान लगाइएको रोक हटाउन सांसदहरुको माग / सरकारले नै प्रतिबन्ध लगाउँदा मानव तस्करीमा पर्ने गरेको जिकिर ।
* रुससँग इस्तानबुलमा भोलि तेस्रो चरणको शान्ति वार्ता हुने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको घोषणा / तत्काल ठोस सहमतिको सम्भावना नदेखिएको रुसको प्रतिक्रिया ।
* साफ अन्डर ट्वेन्टी महिला च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वेदश फिर्ता / तयारीका लागि समय अभाव र थकानले अपेक्षित नतिजा नआएको खेलाडी र प्रशिक्षकको भनाइ ।