जुम्ला । जुम्लाको तातोपानी गाउापालिकाले किसानलाई गुणस्तरहीन गडयौंला मल बााडेको भन्दै किसान आक्रोशित भएका छन् । गड्यौंला मलको नाममा रातो माटो जस्तो मल दिएप५ि किसान शशंकित भएका हुन् ।
गत आर्थिक बर्ष जनतासंग उपाध्यक्ष कार्यक्रम शिर्षकमा किसानलाई मल दिन थालिएको थियो । चितवनस्थित दिब्य अर्गानिक फटिलाइजर कम्पनीले मल उपलब्ध गरेको थियो । कम्पनीले लामो समय स्टोर गरेको मल दिएको भन्दै किसानहरु आक्रोशित बनेका हुन । मल दुइ बर्ष अघि देखि गाउापालिका कार्यालय नजिकै स्टोर गरेर राखेको थियो । कम्पनीको जुम्ला सम्पर्क व्यक्ति भैरव कठायतले यही साउन ७ गते बााड्न सुरु भएको मल रातो माटोजस्तो मल देखिएपछि किसानहरु आक्रोशित भएको बताउनुभयो ।
मलको बोरा नै फुटेका छन् । जसले गर्दा मलको गुणस्तरीयतामा प्रश्न उठेको छ । गाउापालिकाले ३५५ बोरा मल ल्याएको थियो । २५ किलोग्रामको मल खरिदको लागि कम्पनीलाई तीन लाख १५ हजार रुपैयाा भुक्तानी भइसकेको छ ।