Kantipur Samachar | कान्तिपुर समाचार, ३० असार २०८२

असार ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ३० असार २०८२

आजका मुख्य समाचार,

* सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको मधेश प्रदेशका किसानलाई राहत प्याकेज दिन संघीय सरकारको अलमल / खाद्य सुरक्षाको चिन्ता/ वैकल्पिक खेती गर्न विज्ञको सुझाव ।

* घुस मोलमोलाइमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न चौतर्फी दबाब बढ्दा पनि प्रधानमन्त्री ओलीको बेवास्ता / तत्काल कारवाही गर्न एमाले र कांग्रेसकै नेताहरुको माग ।

* पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीति फर्किएपछि एमालेमा ध्रुवीकरण बढ्दै / महाधिवेशनबाट नेतृत्व लिने भण्डारीको प्रयासलाई रोक्ने ओली पक्षको रणनीति/ कांग्रेसमा कारबाहीको विवाद झन् पेचिलो ।

* युक्रेनलाई पेट्रिओट क्षेप्यास्त्र रक्षा प्रणालीसहित अत्याधुनिक सैन्य हतियार आपूर्ति गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ/ अमेरिकासँगको संवाद जारी रहने रुसी वार्ता टोलीद्वारा जानकारी ।

* एन्फा यू-१६ युथ लिगअन्तर्गत आजको खेलमा मनाङ मर्स्याङ्दीले साविक विजेता चर्च ब्वाइजलाई ४-३ गोलले हरायो / फ्रेन्ड्ससँग त्रिभुवन आर्मी र पुलिससँग प्लानिङ बोईज पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.