काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि आठै फ्रन्चाइज टोलीले रिटेन र रिलिज सम्पन्न गरेका छन् । खेलाडीको अघिल्लो संस्करणको प्रदर्शन र अहिलेको स्तरलाई हेरेर टोलीले रिटेन गरेका हुन् । आठै टिमले रिटेन गरेका खेलाडीको अघिल्लो सिजनको प्रदर्शन कस्तो थियो ?
डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्टस्ले मार्की खेलाडी आसिफ शेख, कप्तान अनिल साह, ललित राजबंशी, किशोर महतो, रूपेश सिंह, शुभ कंसाकार र तुलबहादुर थापा मगरलाई रिटेन गरेको छ । आशिफ शेखले १० खेलमा १६२ रन १०७ को स्ट्राइक रेटमा बनाएका थिए । कप्तान अनिल शाहले ७ खेलमा एक अर्धशतकका साथ ११९ को स्ट्राइक रेटमा १३२ रन बनाएका थिए । ललित राजवंशी १० खेलमा १७ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक विकेट टेकर बनेका थिए ।
उपविजेता टोली सुदूरपश्चिम रोयल्सले राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा पुनः रिटेन गरेको छ भने विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद पनि रिटेन गरिएका छन् । प्लेयर अफ द टुर्नामेन्ट बनेका दीपेन्ऽसिंह ऐरीले ९ खेलमा एउटा अर्धशतकका साथ १६१ को स्ट्राइक रेटमा २२७ रन बनाएका थिए । बलिङमा उनले ९ विकेट लिएका थिए । अनुभवी विकेटकिपर विनोद भण्डारीले ९ खेलमा एउटा अर्ध शतकका साथ ११० को स्ट्राइक रेटमा २३५ रन बनाएका थिए । आरिफ शेखले ९ खेलमा ६९ रन बनाएका थिए ।
कर्णाली याक्सले रिटेन गरेका खेलाडीमा मार्की सोमपाल कामीसहित गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, विपिनप्रसाद शर्मा र युनिशविक्रमसिंह ठकुरी छन् । सोमपालले ९ खेलमा १५३ को स्ट्राइक रेटमा ५२ रन बनाएका थिए । बलिङमा उनले ९ विकेट लिएका थिए । गुल्शन झाले ९ खेलमा ११० कोे स्ट्राइक रेटमा १३२ रन बनाएका थिए । बलिङमा उनले १ विकेट लिएका थिए । युवा प्रतिभा विपिन शर्माले ७ खेलमा ५ दशमलब ९ को ईकोनमी रेटमा १३ विकेट लिएका थिए ।
काठमाडौं गोर्खाजले मार्की तथा कप्तान करण केसीसहित भीम सार्की, दीपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ र राशीद खानलाई रिटेन गरेको छ । करण केसीले ७ खेलमा १२ विकेटका साथ ५१ रन बनाएका थिए । भीम सार्कीले ७८ रन बनाएका थिए । युवा दिपेश कँडेलले ६ खेलमा ५ दशमलव ४ को इकोनमी रेटमा ७ विकेट लिएका थिए ।
चितवन राइनोजले मार्की खेलाडी तथा कप्तान रहेका कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसीलाई रिटेन गरेको छ । कुशल मल्लले ८ खेलमा एउटा अर्ध शतकका साथ १२१ को स्ट्राइक रेटमा २२३ रन बनाएका थिए । बलिङमा उनले ९ विकेट लिएका थिए । रिजन ढकालले ८ खेलमा १३ विकेट लिएका थिए । अमरसिंह राउटेलाले ८ खेलमा १५० को स्ट्राइक रेटमा ८५ रन बनाए ।
विराटनगर किङ्सले मार्की र कप्तान सन्दीप लामिछानेका साथ यू-१९ नेपाली राष्ट्रिय टोलीका कप्तान नरेन भट्ट, लोकेश बम, बसिर अहमद, प्रतीश जीसी र सुवास भण्डारीलाई रिटेन गरेको छ । सन्दीप लामिछानेले ७ खेलमा ६ दशमलब ८ को इकोनमी रेटमा ६ विकेट लिएका थिए । ओपनर लोकेश बमले ७ खेलमा एक अर्धशतकका साथ १३६ को स्ट्राइक रेटमा १३१ रन बनाएका थिए । बसीर अहमदले ७ खेलमा ६ विकेट लिएका थिए । ब्याटिङमा उनले एउटा अर्धशतकका साथ १२३ को स्ट्राइक रेटमा १८१ रन बनाएका थिए ।
पोखरा एभेन्जर्सले मार्की र कप्तान कुशल भुर्तेलका साथ दिनेश खरेल, विपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द र तृतराज दासलाई रिटेन गरेको हो । कुशल भुर्तेलले ७ खेलमा ५४ रन बनाएका थिए । बलिङमा उनले ८ को इकोनमी रेटमा ५ विकेट लिएका थिए । दिनेश खरेलले ७ खेलमा एक अर्धशतकका साथ ११४ को स्ट्राइक रेटमा १६२ रन बनाएका थिए । सागर ढकालले ७ खेलमा ६ दशमलब ५ को इकोनमी रेटमा ५ विकेट लिएका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलसहित लुम्बिनी लायन्सले सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारीलाई रिटेन गरेको छ । रोहित पौडेलले सात खेलमा दुई अर्धशतकका साथ १३१ को स्ट्राइक रेटमा २७९ रन बनाएका थिए । सन्दीप जोराले ७ खेलमा १२० रन बनाएका थिए । अभिशेष गौतमले ४ खेलमा ४ दशमलब ८ को इकोनमी रेटमा ६ विकेट लिएका थिए ।