आजका मुख्य समाचार,
* शेयर किनबेच र घर कर्जाको सीमा बढाउँदै राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक / कृषि उत्पादनदेखि प्रशोधनसम्मका उद्योगलाई ऋणमा सहजीकरण / अर्थतन्त्र चलायमान हुने अपेक्षा ।
* पहाडमा बाढी-पहिरोको क्षतिकाबीच मधेश प्रदेश भने सुक्खाग्रस्त क्षेत्र घोषणा / ब्याडमै सुके धानका बिउ, रोपाइँ औसतभन्दा कम / किसानलाई राहत प्याकेज दिन संघीय सरकारलाई आग्रह ।
* सक्रिय जनसंख्याबाट लाभ लिन चुक्दै सरकार / स्रोतको अधिकतम परिचालनदेखि रोजगारी सिर्जनामा बेवास्ता / प्रधानमन्त्री भन्नुहुन्छ- ३० वर्षभित्र ३ सन्तान जन्माऊ ।
* रसुवा बाढीमा परेर ज्यान गुमाउनेको संख्या १३ पुग्यो / अवरुद्ध स्याफ्रुबेंसी-रसुवागढी सडक ५ दिनभित्र खोल्ने प्रयास / केरुङ नाका जोड्न बेलिब्रिज बनाइने ।
* साफ अन्डर ट्वेन्टी महिला च्याम्पियनसिपमा नेपाल र भुटानबीचको खेल जारी / नेपाललाई ३ शून्यको अग्रता ।