बाढी क्षेत्रकाे अवलाेकन गर्दै डनल्ड र मेलानिया ट्रम्प

संघीय सरकारबाट पुनर्निर्माणमा पूर्ण सहयोग हुने ट्रम्पकाे विश्वास
असार २८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
बाढी क्षेत्रकाे अवलाेकन गर्दै डनल्ड र मेलानिया ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प गत साता आएको बाढीले १ सय २० जनाको मृत्यु र १ सय ६१ जना अझै बेपत्ता रहेको टेक्सासको केर्बिल सहर पुग्नुभएको छ। 

क्षतिको अवलोकन गर्दै राष्ट्रपति ट्रम्पले संघीय सरकारबाट पुनर्निर्माणमा पूर्ण सहयोग हुने आश्वासन दिनुभएको छ । बाढीबाट सबैभन्दा प्रभावित क्षेत्र केर काउन्टी हो । जहाँ ग्वाडालुपे नदीको किनारमा रहेको ‘क्याम्प मिस्टिक’ मा २७ बालिकाहरूको मृत्यु भएको थियो। 

अहिले त्यहाँ १२ हजार ३०० भन्दा बढी स्वयंसेवक खोज तथा उद्धारमा अहोरात्र खटिएका छन् । बिहान सबेरै ग्वाडालुपे नदीको पानी ४५ मिनेटमै २६ फिटले बढ्दा धेरैलाई खबरसमेत हुन पाएन।

यस घटनापछि चेतावनी प्रणालीको प्रभावकारिता र समयमै क्याम्पहरू किन खाली गरिएन भन्ने प्रश्न उठेको छ। मौसम विज्ञहरूले भने राष्ट्रिय मौसम सेवाको चेतावनी समयमै आएको बताएका छन्। तर विशेषज्ञहरूले नोआ र एनडब्लुएस जस्ता संघीय एजेन्सीहरूको बजेट कटौती भएमा भविष्यमा यस्ता आकस्मिक बाढीहरूमा प्रतिक्रिया दिन कठिन हुनसक्ने चेतावनी दिएका छन्।